वीरगन्ज,७साउनःजिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख एंव ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट मधेस प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरी (बेस्ट ट्राफिक पुलिस अफ द मन्थ ) बाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले ट्राफिक प्रहरी निरक्षिक भट्टलाई असार महिनाको मधेस प्रदेशकै उत्कृष्ट प्रहरी (बेस्ट ट्राफिक पुलिस अफ द मन्थ ) घोषित गर्दै पुरस्कृत गरेको हो ।
मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले उच्च अंकमा राजश्व संकलन गर्ने कार्यमा नेतृत्वदायी भुमिका, कार्यसम्पादन सम्झौतामा उल्लेखनिय लक्ष्य प्राप्ति, ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेकाले उक्त कार्यको उच्च मुल्यांकन गर्दै पर्साका ट्राफिक प्रहरी निरीक्षक भट्टलाई मधेस प्रदेशकै उत्कृष्ट प्रहरी (बेस्ट ट्राफिक पुलिस अफ द मन्थ ) घोषित गर्दै पुरस्कृत गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख एंव प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख एंव ट्राफिक प्रहरी निरीक्षक भट्ट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल भई काम गरेको प्रहरी उपरीक्षक सिलवालले बताए ।

