Madhes Khabar
कृषि

पर्साको रंगपुर गादीका किसानहरुलाई वडा कार्यालयले दियो विधुतीय मोटर

वीरगन्ज,३२असारःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ रंगपुर गादीका किसानहरुलाई खेतमा सिंचाईका लागि विद्युतीय मोटर वितरण गरिएको छ । विद्युत पुगेर बोरिङ गाडेका खेतमा सिंचाईका लागि ८ जना किसानहरुलाई जनही १–१ थान विद्युतीय मोटर वितरण गरिएको वडाध्यक्ष विजय गैरे बताए।

मंगलबार ८ जना किसानहरुलाई वडा समितिको कार्यालयबाट शतप्रतिशत अनुदमान दुई हर्स पावरको विद्युतीय मोटर र सेक्सन पाइप वितरण गरिएको उनले जानकारी दिए ।

यसअघि सोमबारमात्रै वडा नम्बर २ कै ११ जना पशुपालक किसाानहरुलाई एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा विद्युतीय चाप कटर अर्थात बिजुलीले चल्ने लेदी काट्ने मेसिन वितरण गरिएको थियो । अब अर्को चरणमा किसानहरुलाई विषादी छर्कने स्प्रे ट्यांकीपनि वितरण गर्ने योजना रहेको वडाध्यक्ष गैरेले बताए ।

Related posts

बजारमा आलुको उचित भाउ नपाएको बाराका किसानहरुको गुनासो

MadhesKhabar

जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment