Madhes Khabar
समाचार

कुलिङ पिरियडकै कारण निजामती कर्मचारी विधेयक रोकिएको होइन : मन्त्री गुप्ता

काठमाडौं,९असारःसंघीमा मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण संघीय निजामती सेवा विधेयक नरोकिएको स्पष्ट पारेका छन् ।

प्रतिनिधी सभाको बैठकमा विनियोजन विधेयकका सन्दर्भमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा मन्त्री गुप्ताले संसदमा विरोधका कार्यक्रमहरू चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत््वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट हटाइएको स्पष्ट गरे ।

‘मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेका कारण पूरै समय संसदलाई दिन नसक्ने अवस्था सृजना भएपछि आफ्ना सचेतकज्यूलाई जानकारी गराएर निस्किएको हुँ,’ उनले भने, ‘विधेयकमा भएका कुनै व्यवस्था परिमार्जन गर्नका लागि विधेयक रोकिएको होइन ।’

विगत ९ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनतका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गराउँदै मन्त्री गुप्ताले विधेयक अब चाँडै अघि बढ्ने आश्वासन दिए। ‘कुलिङ पिरियडका कारण विधेयक रोकिएको हो ?’ भन्ने अधिकांश सांसदहरूले उठाएको सवालको जवाफमा मन्त्री गुप्ताले भने, ‘कुलिङ पिरियड होइन ‘फुलस्टप–पूर्णविराम’ र ‘कमा–अल्पविराम’ पनि परिवर्तन हुँदैन ।’उनले विधेयकमाथि सर्वाधिक चासो व्यक्त गरेकोमा सांसदहरूलाई धन्यवादसमेत दिए ।

Related posts

रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने किशाेरीका बुबाकाे दुर्घटनामा मृत्युु

MadhesKhabar

वीरगन्जका एक युवक र दुई भारतीय नागरिक गाँजा, चरेस र अफिमसहित पक्राउ

MadhesKhabar

पर्साकाे कल्याणपुरबाट तीन थान गाेलिया काठसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment