Madhes Khabar
कृषि

मधेस : नगरपालिकाले तिरिदियो कृषि बिजुली महसुल

रौतहट,३असारः रौतहटको गरुडा नगरपालिकाले कृषि बिजुली महसुल तिरिदिएको छ। किसानले सिँचाइ प्रयोजनको लागी जोडेको कृषि मिटरको विद्युत महसुल पालिकाले भुक्तानी गरिदिएको हो।

गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले यस आर्थिक वर्षदेखि कृषि मिटरको विद्युत महसुल नगरकोषबाट बुझाउन सुरु गरिएको बताए। ‘कृषिप्रधान देश त्यसमाथी तराई मधेस कृषिका लागि उर्भर भूमि भएकाले किसानलाई सहुलियतका लागि पालिकाले विद्युत महसुल तिरेको हो।

वडा नम्बर १ देखि ८ सम्मका कृषकद्वारा सिँचाइका लागि जडान गरिएका कृषि मिटरको विद्युत महसुल १० लाख ३२ हजार ४७९ रुपैयाँ नेपाल विद्युत प्राधिकरण गौर शाखामा सोमवार बुझाइसकिएको छ,’ मेयर जयसवालले भने।साभार : अन्नपूर्णपोष्ट

Related posts

बर्षा प्रयाप्त हुदाँ पर्सामा धान रोपाइँ उत्साहजनक

MadhesKhabar

सखुवा प्रसाैनीका किसानलाई माछा पालन सम्बन्धि तालिम

MadhesKhabar

बाराकाे प्रस्टाेकामा जडित डिप बाेरिङकाे पुर्वमन्त्री साेनलले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment