Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको भकुवा नाकाबाट ८१ हजार ४९० पिस लागू औषध बरामद

वीरगन्ज,६जेठःवीरगन्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामद गरेको छ ।भारतबाट तस्करी गरेर ल्याइदै ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको भकुवा नकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामदती ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँ भन्दा बढी रहेको बताइएको छ ।

भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुदै ठूलो परिमाणमा लागू औषध नेपाल भित्रिदै छ भन्ने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको भएको थियो । उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली भकुवा नाकामा पुगेको थियो ।

भकुवा नाकास्थित सिर्सिया नदी तरेर दुई जना तस्करहरु टाउकोमा लागू औषधले भरिएको कार्टुन बोकर छपकैयातर्फ आउँदै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि उनिहरु दुवै जना लागू औषधसहितको कार्टुन फ्याँकेर फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । कार्टुन खोलेर हेर्र्दा त्यसभित्र लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट ८१ हजार ४९० पिस बरामद भएको उनले बताए ।

बरामद उक्त लागू औषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको र तस्करहरुको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

 

Related posts

रहबर अन्सारी बने मधेस प्रदेशको राज्यमन्त्री

MadhesKhabar

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

MadhesKhabar

अयोध्याको राम मन्दिरका मुख्य आचार्यले भने : वीरगन्जका मेयरको चर्चा अयोध्यासम्म पनि पुगेको छ

MadhesKhabar

Leave a Comment