Madhes Khabar
स्वास्थ्य

नेशनल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविरबाट २०८ जना लाभान्वित

वीरगन्ज,२जेठःवीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २०८ जनाले लाभ लिएका छन् ।वीरगन्ज–१० घडिअर्वापोखरी परिसरमा आयोजित शिविरबाट उनिहरुले लाभ लिएका हुन् ।
घडिअर्वा पोखरी परिसरमा बिहानको समयमा मर्निङ वाक गर्नेहरुलाई लक्षित गरेर आयोजित शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्त्सक र स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक परामर्शपनि दिएको थियो ।
मेडिकल कलेजका निर्देशक डा. इसरत जहाँ अन्सारीको अध्यक्षतामा आयोजित शिविरमा डा. इमरान अली.डा उदित यादव, डा. राशिद कलाम , डा. विवेक भारती लगायतकाले बिरामीहरूको जाँच तथा परामर्श दिएका थिए ।
शिविरमा मेट्रोन विकास गुप्ता तथा प्रेस प्रतिनिधि आसिक अन्सारीको पनि उपस्थिति रहेको थियो।

 

Related posts

छपकैयामा आयोजित निशुल्क आँखा शिविरबाट १६० जना लाभान्वित

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डलाई युद्ध अपराधी भन्दै डा. गोविन्द केसीले फेरि सुरु गरे अनशन

MadhesKhabar

पोखरियाको निशुल्क आँखा शिविरमा १८२ जनाको आँखा परिक्षण

MadhesKhabar

Leave a Comment