Madhes Khabar
मनोरञ्जन

वीरगन्जमा चलचित्र पत्रकार संघ पर्साको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सूर्य विक चयन

वीरगन्ज,२८बैशाखःचलचित्र पत्रकार संघ पर्साको अध्यक्षामा सूर्यनारायण विक चयन भएका छन् ।वीरगन्जमा आइतबार सम्पन्न संघको प्रथम अधिवेशनबाट अध्यक्षमा विक सर्वसम्मत चयन भएका हुन्।

यस्तै संघको उपाध्यक्षमा आनन्द पटेल, सचिवमा रन्जित यादव, कोषाध्यक्षमा सबनम भट्टराई र सहकोषाध्यक्षमा दिपु बर्णवालपनि सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा जय यादव,समिना रञ्जितकार,रश्मी राजभण्डारी , सन्तोष कुशवाहा,अखिल पटेल र मनिषा गुप्ता चयन भएका छन् ।

संघकी निवर्तमान अध्यक्ष निलिमा पौडेलको अध्यक्षता तथा मधेस मा भएको अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा,चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटा,वरिष्ठ कलाकार नन्दु श्रीवास्तव,निर्माता तथा कलाकार शीवप्रसाद कुर्मी लगायतकाको सहभागिता थियो ।

Related posts

पकहामैनपुरमा एमालेको गाउँपालिका स्तरीय भेलामा काँग्रेस छाडेर १५० जना प्रवेश

MadhesKhabar

भुवन केसी विरुद्धको रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ हुँदै

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment