Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सागढीको प्राथमिक स्वास्थ्य केन्द्र लथालिङ्ग,बिरामीहरु वीरगन्ज धाउन बाध्य

प्रमोद यादव

पर्सा,१४बैशाखःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ बागेश्वरी तित्रौनामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बिजोग अवस्थामा पुगेको छ ।दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको अभाव र उपकरणहरूपनि बिग्रिएर थन्किएका कारण प्राथमिक स्वास्थ्य केन्द्रको अधिकांश सेवा ठप्प छ ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबमा रहेको रगत परीक्षण गर्ने मेशीन तीन महीनादेखि बिग्रिएर थन्किएको छ । उक्त मशीन मर्मतका लागि कसैले चासो नै देखाएको छैन ।ल्याबमा अहिले कीटको भरमा सीमित रोगहरूको मात्रै परीक्षण भइरहेको छ । मेशीन बिग्रिएको र त्यसको मर्मत नगर्दा मेशीनबाट गरिने परीक्षण सेवाहरू ठप्प रहदाँ सेवाग्राहीहरू समस्यामा परेका छन् ।

यस्तै एक्सरे मेशीन पनि चार महीनादेखि विद्युत् समस्याका कारण बन्द अवस्थामा छ । स्वास्थ्य केन्द्रको विद्युत् महसूल करीब पाँच लाख रुपैयाँ बक्यौता रहेकोले विद्युत प्राधिकरणले थ्री फेज लाइन काटेर सिंगल फेज लाइन मात्र चालु राखेकोले एक्सरे,इसिजी लगायतका सेवाहरू चार महिनादेखि बन्द छन् ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलेदेखि नै जनशक्तिको अभाव रहेको र त्यसमाथि प्राधिकरणले सिंगल फेज लाइन मात्र दिदाँ थ्री फेज लाइनबाट चल्ने उपकरणहरू प्रयोगविहिन अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेब चन्द्रशेखर चौधरीले बताए ।

चार महिनादेखि मेशीन बिग्रिएको र विद्युत् समस्याले गर्दा केन्द्रमा अहिले सेवाग्राहीको चाप पनि घटेको उनले बताए । पर्सागढी नगरपालिका–६ का स्थानीय कन्हैया यादवले आवश्यक सेवा नपाएर स्वास्थ्य केन्द्रमा बिरामीहरू आउनै छाडेको र आउने बिरामीहरूपनि सेवा नपाएपछि वीरगन्ज धाउन बाध्य भएको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चौधरीले नगरपालिकालाई केन्द्रका समस्याबारेमा जानकारी गराइसकेको बताए ।तर समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल नभएको गुनासो उनले गरे ।

Related posts

पर्साका भूमीहिन दलित र सुकुम्बासीलाई जग्गा वितरणमा सहयाेग गर्न दलित अगुवाहरुसंग आयाेगकाे आग्रह

MadhesKhabar

बिन्दवासिनी–५ बटसौरामा ८० जना माओवादी छोडेर एमाले प्रवेश, रुपेश पाण्डेयलाई समर्थन

MadhesKhabar

पोखरियाको सतवरिया विधालयमा शिक्षकको कमी हुदा पठनपाठन प्रभावित

MadhesKhabar

Leave a Comment