Madhes Khabar
समाचार

कश्मीरमा भएको आतंककारी हमलाको हिन्दुवादी संगठन राष्ट्रिय एकता अभियानद्वारा भत्सर्ना

काठमाडौं,१२बैशाख :राष्ट्रिय एकता अभियानले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंककारी हमलाको भत्र्सना गरेको छ ।काठमाडौंको रिपोर्टर्स क्लब नेपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय एकता अभियानले उक्त घटनाको घोर भत्र्सना गरेको हो ।

भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंककारी हमलाले नेपाली र विश्वभरीका हिन्दु समुदाय दुःखीत भएको भन्दै अभियानले निर्दोष नागरिकको ज्यान जाने यस्ता बर्बर र अमानवीय घटनाले मानव समुदायलाई पीडित बनाएको जनाएको छ ।

नेपाल जहिले पनि शान्ति, सहअस्तित्व र मानवअधिकारको पक्षमा उभिँदैआएको भन्दै अभियानले यस्ता आतंकवादी गतिविधिको घोर भत्र्सना गर्दै भारत सरकार र भारतीय जनताप्रति यस दुःखद् घडीमा साथमा रहेको जनाएको छ ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले जम्मू–कश्मीरमा आतंककारीहरुले धर्म सोधीसोधी मारेको बताए । ती आतंकारीहरुको निशाना भारतमात्रै नभएर विश्वका हिन्दु समुदाय रहेको उनले बताए । राष्ट्रिय एकता अभियानकी सदस्य लक्ष्मी ज्ञवाली, दयाराम पाण्डेय लगायतले जम्मू–कश्मीरको पहलगाममा भएको आतंककारी घटनाको भत्र्सना गर्दै दुःख व्यक्त गरे।

Related posts

वीरगन्जबाट अनुगमनमा गएका कर्मचारीहरुमाथि कुटपिट,इन्स्पेक्टरको मोबाइल पनि फुटाइयो

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्रको सेवा सुविधा खोसिने, राहदानी रद्द गर्ने सरकारकाेतयारी

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment