Madhes Khabar
धर्म/संस्कृति

बंगलादेशमा हिन्दु नेता रायको हत्याकाे विराेधमा हिन्दुवादीहरुद्वारा जनकपुरमा प्रदर्शन

जनकपुर,९बैशाख:बंगलादेशमा हिन्दूवादी नेता भाबेशचन्द्र रायको हत्या गरिएको विराेधमा जनकपुरमा राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गर्दै बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला दहन गरेको छ। प्रदर्शनकारीहरूले “बंगलादेशमा हिन्दूहरूको हत्या बन्द गर”, “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “प्रधानमन्त्री युनुस मुर्दावाद”लगायतका नारापनि लगाएका थिए।

प्रदर्शनमा सहभागी वक्ताहरूले बंगलादेशमा बढ्दो धार्मिक कट्टरता र अल्पसंख्यकहरूमाथि भइरहेका आक्रमणतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गराएका थिए। उनीहरूले हिन्दू समुदायको संरक्षण नहुनु अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन भएको भन्दै संयुक्त राष्ट्रसंघ, मानव अधिकार संगठनहरू र शक्तिशाली लोकतान्त्रिक राष्ट्रहरूले चाँडै हस्तक्षेप गर्नुपर्ने माग राखे।

राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्वेले बंगलादेश सरकारसँग अल्पसंख्यकहरूको संरक्षणका लागि कडा नीति अवलम्बन गर्न आग्रह गरे। युनुस नेतृत्वको मौनता र असहिष्णुता प्रति उनले गम्भीर आपत्ति जनाए।

Related posts

आज विश्वकर्मा पूजा : भगवान विश्वकर्माको पूजा आराधना गरि धुमधामकासाथ मनाईंदै

MadhesKhabar

अयोध्याको राम मन्दिरमा भयो रामललाकाे प्राण प्रतिष्ठा

MadhesKhabar

पञ्चवर्षीय गढीमाई मेलाको आम्दानी–खर्चमा अनियमितताको आशंका

MadhesKhabar

Leave a Comment