Madhes Khabar
मधेस प्रदेश

मौलापुरबाट साढे ६ लाखभन्दा बढी नगदसहित भारतीय युवक पक्राउ

रौतहट,८बैशाखः : रौतहटको मौलापुरबाट प्रहरीले साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीको टोलीले मौलापुर नगरपालिका–६ स्थित पथराबुधराम सडक खण्डमा चेकजाँच गर्दा उक्त रकमसहित भारतको बिहार राज्यको मोतिहारी जिल्लाको कुंडवा चैनपुर ग्राम पंचायत निवासी २३ वर्षीय राज किशोर ठाकुरलाई पक्राउ गरेको हो ।

ठाकुरले हाँकेको बिआर.०५ एसी ९४७७ नम्बरको मोटरसाइकलको सिट मुनि लुकाइ राखिएको अवस्थामा भारतीय रुपैयाँ ५ सय दरका ६ सय थान र नेपाली रुपैयाँ १ हजार दरका ३५८ थान गरी ६ लाख ५८ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बरामद नगद रकमको स्रोत र उद्देश्यबारे स्पष्ट विवरण नदिएको भन्दै ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Related posts

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

MadhesKhabar

बल्ल खुल्याे मधेस सरकारकाे आँखा : वीरगन्जमा पानीकाे संकट समाधानका लागि स्रोतसाधन परिचालन गर्ने निर्णय

MadhesKhabar

कक्षा ९ की छात्रा खातुन एकदिनका लागि बनिन् मधेस प्रदेशकाे शिक्षामन्त्री

MadhesKhabar

Leave a Comment