Madhes Khabar
राजनीति

राजतन्त्रको वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन कांग्रेसको माग

वीरगन्ज,१९चैतःनेपाली कांग्रेसले नेपाल र नेपाली जनताको भावना र मर्ममाथि कुठराघात हुने गरी राजा र राजतन्त्रको पक्षमा वकालत गर्दै दिगभ्रमीत गर्ने खालका समाचार प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

मंगलबार नेपाली कांग्रेसको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार  यादवसहितको टोलीले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउँदै राजा र राजतन्त्रको पक्षमा वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई कांग्रेसले ज्ञापनपत्र बुझाउँदै नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भारतीय मिडियाहरुले राजा र राजतन्त्रको पक्षमा वकालत गरेर दिगभ्रमीत पारिरहेकाले नेपालमा ती भारतीय मिडियाहरुको प्रशारणमा रोक लगाउन माग गरेको कांग्रेस नेता एंव प्रदेशसभा सदस्य श्याम पटेलले बताए ।

साथै कांग्रेसले गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निम्ति मृत भई सकेका राजतन्त्रलाई फर्काउन पूर्वराजाका समर्थक केहि आराजक व्यक्तिहरुले आफनो स्वार्थ सिद्ध गर्न आन्दोलनका नाममा गरेको विध्वंशको भत्र्सनापनि गरेको छ । काठमाडौंमा राजवादीहरुको नाममा गरिएको हिंसात्मक घटनाको छानबिन गरि दोषीहरुलाई कारबाही गर्नपनि कांग्रेसले माग गरेको पटेलले बताए ।

Related posts

उपेन्द्र यादव सामु कार्यकर्ताको आक्रोश : एमालेसंगको गठबन्धनले जसपालाई घाटा भयो

MadhesKhabar

चौरसिया र पटेललाई आशीर्वाद दिदै मतदाताले भने : जितेर लोकप्रिय काम गर्नु होला

MadhesKhabar

महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment