वीरगन्ज,१६चैत:मकवानपुरकाे हेटाैंडामा भएको ट्याक्टर दुर्घटनामा परेर पर्साका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ हरपुर घर भएका १९ वर्षिय सद्दाम हुसेन रहेका छन् ।
शनिबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ ज्यामिरेमा ज्यामिरे खोलाबाट बालुवा लिएर हेल्थपोष्टतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ त्यसका चालक हुसेनकाे मृत्युु भएको हाे ।
बा.प्र.२-०३-००१ त ४३७१ नम्बरको ट्याक्टर अनियन्त्रित भई ट्याक्टरको अगाडीको ईन्जिनको भाग उठी अचानक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक हुसेनको घटनास्थलमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

