Madhes Khabar
समाचार

हतियार सहित तीन जना भारतीय युवक पक्राउ

मधेसखबर
वीरगन्ज,१३ असार : धनुषाबाट सशस्त्र प्रहरीले हतियार सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगगरपालिका वडा नम्बर १ महिनाथपुरबाट सोमबार सशस्त्र प्रहरीले हतियार सहित तीन जना भारतीय ययुवकलाइ पक्राउ गरेको हो ।जनकपुरबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको कारमा सवार उनीहरुलाई महिनाथपुरबाट हतियार सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहार प्रान्तको मुजफ्फरपुर ७ साहेबगन्ज निवासी २९ वर्षीय राहुल रन्जन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय सन्जय कुमार छन् ।उनीहरु सवार कारबाट मेड इन यूएसए लेखिएको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए ।

हतियारसहित पक्राउ परेका भारततीयहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

घडीअर्वा स्पोर्टस् क्लबद्वारा पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कानु सम्मानित

MadhesKhabar

मन्त्री यादवको एक वर्षे उपलब्धिः वीरगन्जमा २५० बोरिंग जडान,४५० करोडको बृहत खानेपानी योजनाको काम सुरु

MadhesKhabar

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

Leave a Comment