Madhes Khabar
समाचार

यसपालीको बजेट कसैको दबाबमा होइन, जनताकै राय–सुझावमा बन्नेछ : मन्त्री यादव

सिन्धुपाल्चोक,२४ माघ :खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको बजेट कसैको पनि दबाबमा नभई खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय सुझावमा बनाइने बताएका छन् ।

बिहीबार सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नव निर्मित भवन तथा गुणस्तरिय खानेपानी प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । उनले भने, “देशभरीका करिब ४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर हामी यसपालीको बजेट बनाउने छौँ । कसैको धाँधली वा दबाबमा बजेट बन्ने छैन, खानेपानीको समस्या उपभोक्ता समिति जति सकैले पनि बुझन सकेको छैन् । उपभोक्ता समितिको राय, सल्लाह र सुझबमा मात्रै हामीले खानेपानीको बजेट बनाउने छौँ ।”

खानेपानी नागरिकको मौलिक हक भएकाले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी एंव दायित्व भएकाले खानेपानीका क्षेत्रमा उपभोक्ताबाट लिइदै आएका करहरुलाई पनि अन्त गरिने उनले बताए । उनले भने,‘पानीमा सरकारले कर लिने विषय राम्रो होइन ।’

आगामी आर्थिक वर्षको वजेटमा सिन्धुपाल्चोक जिल्लामा खानेपानीको क्षेत्रमा राम्रो वजेट विनियोजन गराउने समेत मन्त्री यादवले प्रतिबद्धता उनले बताए । मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पु¥याउने लक्ष्यसहित काम भइरहेको बताए।

Related posts

भ्रष्ट्रचारको आरोपमा विभागमा तानिएका इन्जिनियर साहविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

MadhesKhabar

प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट

MadhesKhabar

पत्रकार बैठालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाही गर्न पत्रकार महासंघ पर्साको माग

MadhesKhabar

Leave a Comment