वीरगन्ज,१९माघ:नेपाल महिला किसान संघ मधेस प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
धनुषाको नकटाझिझमा शनिबार सम्पन्न सम्मेलनले आशिका गिरीको अध्यक्षतामा महिला किसान संघ मधेस प्रदेशकाे २५ सदस्यीय कमिटी गठन गरेको छ ।
नववगठिन कमिटिको उपाध्यक्षद्वयमा पार्वती चौधरी र उषा दाहाल, सचिवमा शुशीला पाण्डे, कोषाध्यक्षमा मिना सुनुवार तथा उपसचिवमा सुनिता चौधरी र सरस्वती चौधरी रहेका छन् ।
अखिल नेपाल किसान महासंघका मधेस प्रदेश अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षता तथा नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष राजकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनकाे उद्घाटन समाराेहमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा महिला किसान संघकी केन्द्रिय अध्यक्ष सरिता भुसाल, उपमहासचिव प्रेम नारायण अधिकारी, महासंघका केन्द्रिय सचिव उमेश गुप्तासहितकाले सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

