Madhes Khabar
अर्थतन्‍त्र

सरकारले फेरि बढायाे पेट्रोल र डिजेलकाे मूल्य

फाइल फोटो

काठमाडाैं,१८माघ:नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पाेरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको हो ।

आयल निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ ।

 

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ । यसअघि आयल निगमले यहि माघ २ गतेपनि पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको थियो ।

Related posts

बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा मजदुरहरु समस्यामा

MadhesKhabar

फेरि बढ्यो अण्डाको मूल्य

MadhesKhabar

असोज महिनाका लागि पनि बैंकहरुले घटाए ब्याजदर

MadhesKhabar

Leave a Comment