Madhes Khabar
अर्थतन्‍त्र

सरकारले फेरि बढायाे पेट्रोल र डिजेलकाे मूल्य

फाइल फोटो

काठमाडाैं,१८माघ:नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पाेरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको हो ।

आयल निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ ।

 

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ । यसअघि आयल निगमले यहि माघ २ गतेपनि पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको थियो ।

Related posts

भारतीय मालवाहक गाडीलाई २४ घण्टाका लागिमात्र अनुमती दिनुपर्ने वीरगन्जका व्यवसायीको माग

MadhesKhabar

नयाँ सरकार बनेकै दिन बढ्याे पेट्रोलियम पदार्थको मूल्य

MadhesKhabar

वीरगन्ज भन्सारको राजश्व संकलनमा आएन सुधार,फेरि लगातार दुई महिना असफल

MadhesKhabar

Leave a Comment