Madhes Khabar
धर्म/संस्कृति

पर्साका बलिराम पडित : जसले इटियाहीमा महायज्ञका लागि १ हजार ११ वटा मूर्ति बनाउँदैछन्

तस्बीर : हिमाल लम्साल रासस

वीरगन्ज,१६माघः उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोए पनि मूर्तिकार बलिराम पडित (कोहार)को जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उनका हातले देवीदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसरपनि जुरेको छ ।

वीरगको नयाँ बसपार्कभन्दा झण्डै दुई किलोमिटर दूरीमा अवस्थित बाराको विश्रामपुर गाउँपालिका–५ इइटियाहीमा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा कोहार नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी पाएको छ ।

‘विगत ३० वर्षदेखि विभिन्न स्वरुप र आकृतिका देवदेवताका प्रतिमा बनाउँदै आइरहेको थिए’, पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाका कोहारले भने, ‘पहिलो पटक एक हजार ११ वटा देवदेवताको मूर्ति बनाउने अवसर पाउँदा मनमा छुट्टै उमङ्ग र उत्साह थपिएको छ।’ मूर्ती बनाउन उनलाई १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन् ।

मूर्तिकार कोहारले एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेट्निे खालका मूर्ति तयार पारिने जानकारी दिए । रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लंका लगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै उनले पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको बताए।

मूर्तिकार कोहारले सामान्यता सानो मूर्तिको एक हजार पाँच सयदेखि पाँच हजार मूल्य पर्ने भन्दै त्यही अनुसार मूर्ति बनाउन लागिएको उल्लेख गरे । उनले एक हजार ११ मूर्ति बनाउन करिब २५ लाख रकम खर्च लाग्ने अनुमान गरे ।

‘माटोलाई कुदेँर भगवानको आकार बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ’, उनले भने, ‘हामी पुस्तौदेखि यही काम गर्दै रमाइरहेका छौँ । यही माटोबाट हुने कलात्मक आकृतिका कारण पाँच जनाको परिवारलाई हाँसीखुसी पाल्दै आइरहेको छु।’ उनले सबै खर्च कटाएर वार्षिक चार लाखसम्म बचत हुँदै आएको जानकारीपनि दिए ।

केहारले मूर्ति बनाएरै तीन छोरी र दुई छोरालार्ई उच्च शिक्षा दिँदै आइरहेको बताए । ‘विगतमा मैलै २१, ५१, एक सय एक, दुई सय एक संख्यामा मूर्ति बनाएको थिए,’ उनले भने, ‘यतिधेरै मूर्ति भने पहिलो पटक बनाउन लागेको हुँ।’

म्हायज्ञ मूल व्यवस्थापन समितिका अनुसार महायज्ञ आगामी माघ २४ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवले महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘महायज्ञ सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो’, उनले भने ।

महायज्ञ प्रसारप्रसार समितिका संयोजक राज सर्राफले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महायज्ञमार्फत सामाजिक कार्य गर्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको उनले बताए ।रासस

Related posts

विदेश वा अन्य जिल्लाको धार्मिक घटनालाई लिएर वीरगन्जमा अब प्रदर्शन वा आन्दोलन गर्न नपाइने !

MadhesKhabar

नेपालगन्जमा धार्मिक सदभाव बिथाेल्न खाेज्ने ६ जना भारतीय पक्राउ

MadhesKhabar

तीजकाे दर खाने दिन आज

MadhesKhabar

Leave a Comment