Madhes Khabar
समाज

वीरगन्जमा आयोजित कार्यक्रममा ५३ जनाले गरे रक्तदान

वीरगन्ज,१५माघःवीरगन्ज–१३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालये आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतका रहेका छन् ।

विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कँडेल,मन्त्री विनोद गिरी,प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, ठाकुुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा. उमेश चौरसिया लगायतताको पनि उपस्थिति रहेको थियो ।

१६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत मंगलबार रक्तदान कार्यक्रम आयोजना गरिएको र मंगलबार नै विद्यालयले अभिभावकहरुका लागि निशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेकको विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।उक्ते शिविरबाट ५० जना भन्दा बढी अभिभावक लाभान्वित भएको उनले बताए ।

शिविरमा चिकित्सक डा. वेदप्रकाश कुशवाहा र डा. सुशिल कुमार साहको सिफारिस अनुसार आवश्यक टेष्टहरु र औषधीसमेत विद्यालयले अभिभावकका लागि निशुल्क व्यवस्थापन गरेको संग्रौलाले बताए ।

 

Related posts

बारामा प्रहरीले आयाेजना गरेकोे कार्यक्रममा ६८ जनाले गरे रगतदान

MadhesKhabar

आमा–बुबा दुवैको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली, सहयोगका लागि अपिल

MadhesKhabar

घण्टाघरमा फोहोर गर्ने संस्थाले आफैं वीरगन्ज महानगरमा पुगेर तिरयो जरिवाना

MadhesKhabar

Leave a Comment