Madhes Khabar
समाज हेडलाइन

आमा–बुबा दुवैको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली, सहयोगका लागि अपिल

प्रमोद यादव
पर्सा,१७फाल्गुनःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवामा आमा–बुवा दुबैको मृत्यु भएपछि उनिहरुका तीन नाबालिग छोराछोरी बिचल्लीमा परेका छन् । सम्पत्तिको नाममा एउटा फुसको घरमात्र रहेको र पालनपोषण गर्ने आमा–बुबा दुवैको तीन महिनाको अन्तरालमा मृत्यु भएपछि टुहुरा बनेका ती बालबालिका बिचल्लीमा परेका हुन् ।

१७ वर्षिया महिमा कुमारी, १५ वर्षिय करिमा कुमारी र १२ वर्षिय विकास कुमारकी आमा गौरी देवीको एक सातापहिले मृत्यु भएपछि उनको काजक्रिया गर्नसमेत समस्या भएको नातामा काका पर्ने धिरेन्द्र पञ्जियारले बताए ।

वैदेशीक रोजगारीका लागि खाडी मुलुक मलेशीया गएका ब्ुबा जितेन्द्र पञ्जियारको तीन महिनापहिले त्यहि मृत्यु भएको थियो । बुवाको सहारा गुमाएका तीन महिनापनि नबित्दै ती बालबालिकामाथि एक सातापहिले आमा गौरो देवीकोपनि जटील रोगका कारण मृत्युपछि फेरि अर्को बज्रपात पर्यो ।क्यान्सर रोगबाट थलिएकी आमा गौरो देवीकोपनि आवश्यक उपचारको अभावमा एक साता पहिले मृत्यु भयो ।

सम्पतिको नाममा ओत लाग्ने एउटा सानो फुसको झुपडी मात्र भएका टुहुरा ती तीन बालबालिकासंग दिवंगत आमाको १३ दिनको काजक्रिया गर्ने खर्चपनि नभएको नातामा काका पर्ने धिरेन्द्र पञ्जियारले बताए ।उनले भने,‘ तीन महिनाकै अन्तरालमा आमा–बुवा दुवै गुमाएका नाबालक दुई दिदीबहिनी र एक भाई बिचल्लीमा परेका छन् । उनिहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मा लिने कोहि छैन ?।’

दिवंगत आमाको १३ दिने काजक्रियाको खर्चका लागि असक्षम भएको देखिएप्छि आँफुहरुले सहयोग सार्वजनिक अपिल गरेको र त्यसबाट केहि रकम जुटेको नातामा काका पर्ने धिरेन्द्रले बताए ।उनले भने,‘ अहिलेसम्म विभिन्न दाताहरुबाट १ लाख १५ हजार रुपैयाँ नगद सहयोग संकलन भइसकेको जानकारीपनि उनले गराए ।

यसैबिच १३ दिनको काजक्रियाका लागि वडाध्यक्ष बासु पञ्जियरले खाद्यान्न लगायतका सामान सहयोग गरेका छन् । वडाध्यक्ष पञ्जियारले चामल ६० किलो,आलु ५० किलो,प्याज ५ किलो,खानेतेल ५ लिटर र दाल ५ किलो सहयोग गरेका हुन् । टुहुरा तीन दिदीभाईका लागि सहयोग गर्न चाहने इच्छुकलाई सानीामा बैंकको खाता नम्बर ०६४०११०६०००१४९८ मा आर्थिक सहयोग गरिदिन काका धिरेन्द्रले अनुरोधपनि गरेका छन् ।

Related posts

एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै वीरगन्ज–३२ का वडाध्यक्ष रियाज एमालेमा प्रवेश

MadhesKhabar

नारायणी अस्पतालमा एमआरआई सेवा अषाढ १५ गतेदेखि सुरु हुन्छ : डाक्टर सिंह

MadhesKhabar

वीरगन्ज नाकाबाट ट्यांकरमै पेट्रोलको तस्करी

MadhesKhabar

Leave a Comment