Madhes Khabar
समाचार

पर्सा: साझेदारी वनकाे झाडीमा लुकाएर राखिएको सालकाे काठ बरामद

वीरगन्ज,१४माघ:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर १ मा झाडीमा लुकाएर राखिएको काठ प्रहरीले बरामद गरेकाे छ।

सखुवा प्रसाैनी गाँउपालिका-१ मा पर्ने काेइलाभार बिन्दवासिनी साझेदारी वनभित्रकाे झाडीमा लुकाएर राखिएको २० घनफिट बराबरकाे सालकाे काठ ईलाका प्रहरी कार्यालय एकटांगा र सुरक्षा बेस क्याम्प बागेश्वरीकाे संयुक्त टाेलीले बरामद गरेकाे हाे।बरामद काठकाे मूल्य ६० हजार रुपैयाँ रहेकाे प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

बरामद काठ आवश्यक कारबाहीका लागि मनवा रेञ्जपाेष्टमा बुझाइएको प्रहरीले निरीक्षक थापाले बताएको सञ्चारकर्मी रामकिशाेर चाैधरीले जानकारी दिए।

Related posts

काेशी ब्यारेजबाट बस सप्तकाेशी नदीमा खस्याे, यात्रु र चालक सबैकाे सकुशल उद्धार

MadhesKhabar

मधेश प्रदेशका एक हजार भन्दा बढी मतदान स्थल अति संवेदनशील

MadhesKhabar

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment