Madhes Khabar
स्थानिय

पत्रकार महासंघ पर्सा र पर्सा बार एशाेसिएशनबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

वीरगन्ज,१०माघ:नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत बार एशाेसिएशनबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।बिहीबार नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे कार्यालयमा पत्रकार महासंघ पर्साका तर्फबाट शाखा अध्यक्ष ओमप्रकाश खनाल र बार एशाेसिएशनका तर्फबाट अभाव कमलमाेहन पाेख्रेलले ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

पर्सा जिल्लाका पत्रकारहरुलाई समाचार लेखेकै कारण आइपर्ने मुद्दामामिलामा बार एशाेसिएशनले आफ्ना कानुन व्यवसायी मार्फत निःशुल्क सेवा उपलब्ध गराउने,पर्साका पत्रकारहरुलाई पेशागत कामकारबाहीका सन्दर्भमा आवश्यक कानूनी परामर्श बार एशाेसिएशनले निःशुल्क उपलब्ध गराउने बुँदा उक्त समझदारी पत्रमा उल्लेख छ।

यस्तै उक्त समझदारी पत्रमा समाजिक मुद्दाहरुमा केन्द्रीत रहेर दुवै पक्षले आपसी सहकार्य गरेर विभिन्न बहश,अन्तरक्रिया जस्ता कार्यक्रमहरु गर्ने,दुवै पक्षले एक अर्काकाे व्यवसायिक प्रबर्द्धन र हित सुरक्षाकाे पक्षमा सकरात्मक सहकार्य गर्ने समझारी पत्रमा उल्लेख गरिएको छ।

उक्त समझदारीकाे अवधि ३ वर्षकाे रहेकाे र आवश्यक परेकाे खण्डमा दुवै पक्षकाे सहमतिमा उक्त अवधि थप्न पनि सकिने समझदारीपनि दुवै पक्षले गरेका छन् ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल,सचिव विजय चाैहान, सहसचिव अजय कुमार चौरसिया र एसके चौरसिया,सदस्य राहुल गुप्ताका साथै पर्सा बार एशाेसिएशनका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Related posts

निजगढकाे ग्यारेजमा भएको विष्फोटमा परि मृत्यु हुनेकाे संख्या २ पुग्याे (अपडेट)

MadhesKhabar

वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल

MadhesKhabar

वीरगन्ज महानगरको राजस्व संकलन दोब्बरले बढ्यो

MadhesKhabar

Leave a Comment