वीरगन्ज,१२पुस:वीरगन्ज उद्योग वाणिाज्य संघले नेपाल पत्रकार महासंघ पर्सा र पर्साबाट मधेस प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पत्रकारहरुलाई सम्मानित गरेकोे छ।
शुक्रबार संघको कार्यालयमा आयाेजित कार्यक्रममा पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित अशाेक तिवारी,केन्द्रीय परिषद सदस्यमा निर्वाचित लालबाबु शेख,राघव साह,विजय कुशवाहा तथा पत्रकार महासंघ पर्साकाे अध्यक्षमा निर्वाचित ओमप्रकाश खनाल,नवनिर्वाचित उपाध्यक्ष निलिमा पाैडेललाई सम्मानित गरिएको हाे।
यस्तै नवनिर्वाचित सहसचिव एस के चौरसिया र अजय चौरसिया, सदस्यहरु राहुल गुप्ता,प्रकाश तिवारी,नवनिर्वाचित मधेस प्रदेश सचिव दिपक गौतम , प्रदेश पार्षद शिव शंकर साहलाईपनि संघले सम्मानित गरेकाे छ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले अहिके देशको आर्थिक अवस्था शिथिल भएका बेला सरकारले निजी क्षेत्रका सुझावलाई समेत समेटेर अघि बढ्नु पर्ने बताए । अहिले उद्योगहरु लोडसेडिङकाे मारमा परेकाे भन्दै उनले देश विद्युतमा आत्मनिर्भर भएपनि सरकारले उपयोग गर्न नसकेर लोड सेडिङको मार झेल्नु परेको गुनासो गरे ।
अध्यक्ष अग्रवालले पर्साका पत्रकारको वृत्तिविकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए।निजी क्षेत्रका समस्या सरकारसामु पुर्याइदिन उनले पत्रकारसंग आग्रहपनि गरे।
संघका अध्यक्ष अग्रवालकाे अध्यक्षता तथा पत्रकार महासंघका केन्द्रीय सचिव तिवारीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष हरि गाैतम,उपाध्यक्ष माधव राजपाल लगायतकाकाेपनि सहभागिता थियाे।

