Madhes Khabar
खेलकुद

एनपीएलमा पनि सट्टेबाजी खेलाउने गिरोह सकृय, त्रिवि क्रिकेट मैदानबाटै ४ भारतीय पक्राउ

काठमाडौं,१८मंसिरः नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । गत शनिबारदेखि त्रिवि अन्तराष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा जारी एनपीएलमा अनलाइनट सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार एनपीएलमा स्पोर्ट्स बाजी, प्रोबो लगायतका अनलाइन बेटिङ एपबाट त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजीमा संलग्न भएकोमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूविरुद्ध सट्टेबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान भइरहेको बोगटीले जनाए । पक्राउ पर्नेहरूमा भारतको कोलकाताका सुमन घोष, उत्तर प्रदेशको कानपुरका अमित यादव, बिहारको सहरसाका सुमन्त कुमार र ब्रजेश कुमार रहेका छन् ।

चारै जनालाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको बोगटीले बताए । उनीहरूको साथबाट भारतीय आधार कार्ड ४ थान र ६ वटा मोबाइल बरामद गरिएको समेत प्रहरीले जनाएको छ ।साभारःकान्तिपुर

 

 

Related posts

बिहारका १३ वर्षीय वैभवलाई पौने २ करोड दिएर राजस्थानले किन टोलीमा आबद्ध गर्‍यो ?

MadhesKhabar

सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला, विदेश जान अनुमति

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलमा आज पुलिस क्लब र काेलकता भिड्दै

MadhesKhabar

Leave a Comment