Madhes Khabar
स्वास्थ्य हेडलाइन

पटेर्वा सुगौली गाँउपालिकाको पहलमा २३० जनाको आँखाको निःशुल्क शल्यकृया

वीरगन्ज,०९मंसिरःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा आयोजित शिविरमा मोतिया बिन्दु भएका २ सय ३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको छ ।

निचुटामा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रमा आयोजित तीनदिने शिविरमा २ सय ३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए ।

पटेर्वा सुगौली गाँउपालिकाको समन्वयमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालन गरेको शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा र हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सकको टोलीले मोतियाबिन्द्ुको शल्यकृया गरेको चौधरीले बताए।

तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले पर्साकै विभिन्न ६ वटा पालिकाका ७ वटा वडामा मंसिर ३ देखि मंसिर ७ गतेसम्म निःशुल्क आँखा चेकजाँच शिविरि सञ्चालन गरेको थियो । उक्त शिविरमा १ हजार ३ सय ७ जनाको आँखा परिक्षण गरिएकोमा तीमध्ये ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । तीनै ३ सय ९ जनामध्ये निचुटाको तीनदिने शिविरमा २ सय ३० जनाको निःशुल्क शल्यकृया गरिएको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले जानकारी दिइन् ।

७ वटा वडामा आयोजिना गरिएको आँखा चेकजाँच शिविरमा ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको भएपनि तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा आयोजित तीनदिने शिविरमा २ सय ३० जनामात्र आएकाले उनिहरुको निःशुल्क शल्कृया गरिएको थारुले बताइन् ।

पटेर्वा सुगौली गाँउपालिकाले व्यवस्थापन गरेको शल्कृया शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले शल्यकृया गर्दा आँखामा लाग्ने लेन्स, औषधि र चश्मा उपलब्ध गराउनुका साथै चिकित्सकको व्यवस्थापनपनि उसले नै गरेको पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

 

Related posts

वीरगन्जकाे मानव सेवा आश्रममा ५० थान कम्बल सहयाेग

MadhesKhabar

नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन

MadhesKhabar

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा एमालेकाे दाबी

MadhesKhabar

Leave a Comment