Madhes Khabar
खेलकुद

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट

वीरगन्ज,७मंसिरःअस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पहिले व्याटिङ गरेको भारतले लज्जास्पद प्रदर्शन गरेको छ ।अस्ट्रृलियामा शुक्रबारदेखि सुरु पहिलो टेष्टमा पहिलो इनिङ्को ब्याटिङ्मा उत्रिएको भारत १५० रनमै अलआउट भएको हो ।

पर्थ स्टेडियममा शुक्रबारदेखि शुरु भएको ५ टेष्टको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अलआउट भएको हो ।भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए भने ऋषभ पन्तले ३७ र केएल राहुलले २६ रनमात्रै जोड्न सके।

बलिङ्तर्फ अस्ट्रेलियाका जोश हजेलवूडले सर्वाधिक ४ विकेट तथा मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिए।
भारतको कप्तानी जसप्रित बुमराहले कप्तानी गरेका छन् ।यसैबिच अस्ट्रेलियाले अहिले आफ्नो पहिलो इनिङ्को ब्याटिङ गरिरहेको छ ।

Related posts

आसिफकाे उत्कृष्ट प्रदर्शनले नेपालद्वारा युएई ५ विकेटले पराजित

MadhesKhabar

आईपीएलमा आज बैंग्लाेर र राजस्थान भिड्दै

MadhesKhabar

यू–१९ विश्वकपमा छनौट हुन सफल वीरगन्जकी सानाको घरमै पुगेर मन्त्री जयसवालले दिए बधाई

MadhesKhabar

Leave a Comment