Madhes Khabar
खेलकुद हेडलाइन

यू–१९ विश्वकपमा छनौट हुन सफल वीरगन्जकी सानाको घरमै पुगेर मन्त्री जयसवालले दिए बधाई

वीरगन्ज,२मंसिरः मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रबिनको घरमै पुगेर उनलाई बधाई दिएका छन् ।

आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मूर्लीस्थित सानाको घरमै पुगेर खेलकुदमन्त्री जयसवालले सानालाई माला लगाएर बधाई दिनुका साथै आगामी विश्वकपमा सफलताका लागि शुभकामनापनि दिए । त्यसअवसरमा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारीलेपनि सानालाई बधाई दिदै क्रिकेट ब्याटसहितका खेल सामग्री प्रदान गरे ।

यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल राष्ट्रिय टिमका मधेस प्रदेशका तीन जना क्रिकेटरको हौसला बढाउन आँफुले उनिहरुको घरमै पुगेर बधाई दिने सोच अनुसार आइतबार वीरगन्जस्थित सानाको घरमा पुगेर बधाई दिएको मन्त्री जयसवालले बताए।यसपछि राष्ट्रिय टिमकी कप्तान पूजा महत्तो र एलिशा यादवकोपनि घरमै पुगेर बधाई दिने कार्यक्रम रहेको उनले जानकारी गराए ।

यसअघि मन्त्री जयसवालले यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल राष्ट्रिय टिमका कप्तान पूजा महत्तोसहित उक्त टिममा सहभागी मधेस प्रदेशका तीनै जना खेलाडीलाई जनही १ लाख ५१ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए ।उक्त रकम छिट्टै एक औपचारिक कार्यक्रम गरेर प्रदान गरिने मन्त्री जयसवालले बताए ।

आगामी डिसेम्बर १५ देखि १८ तारिकसम्म मलेशीयामा हुने यू–१९ महिला एशिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिकसम्म मलेशियामै हुने यू–१९ महिला विश्वकपमा नेपालको यू–१९ महिला टिम छनोट हुन सफल भएको हो ।

 

Related posts

बारा-२ मा जसपालाई सहयाेग गर्ने कांग्रेस सभापति देउवाकाे वचन

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवले दिए राजिनामा

MadhesKhabar

पर्सा–बारामा टर्की,बट्टाई,कडकनाथ कुखुरा पालननतर्फ किसानहरुको आकर्षण बढ्दै

MadhesKhabar

Leave a Comment