वीरगन्ज,२९कार्तिक:वीरगन्जमा बिहीबार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।मेडिकल कलेज परिसरमै भएकाे कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेका छन् ।
मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहानवाज अन्सारीकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति शाही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चाैधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सराेज प्रसाद देव, महमद जुनैद, प्रदिप कुमार चाैधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चाैधरी, डा.गुरु प्रसाद मैनाली, नवल किशाेर यादव लगायतले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रमकाे उद्घाटन मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारीले नै गरेका थिए ।रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशर जहान, कलेजका प्रिन्सपल डा. के.एन. सिंह, कलेजका एडमिसन एण्ड मार्केटिङ निर्देशक आविद हुसेन अन्सारी, कलेजका भाइस प्रिन्सपल प्राेफेसर डा. रविशंकर गुप्ता,नर्सिङ्ग क्याम्पसकी भाइस प्रिन्सपल बबिता सिंह लगायतकाेपनि उपस्थिति रहेकाे थियाे ।
रक्तदान कार्यक्रम स्थल मै मेडिकल कलेजले निशुल्क मधुमेह राेग शिविर समेत संचालन गरेकाे थियाे।यस्तै रगत लगायकाे परिक्षणमा १५ प्रतिशत छुट समेत प्रदान गरिएकाे कलेजले जनाएकाे छ । यसैगरी विश्व मधुमेह दिवसकाे अवसरमा बिहिबार अस्पतालका सम्पूर्ण ओपिडी टिकेट समेत निशुल्क गरिएकाे अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए ।

