Madhes Khabar
धर्म/संस्कृति

मन्त्री यादव र मेयर सिंहद्वारा नगवा पोखरीको निरीक्षण,छठको तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन

वीरगन्ज,१९ कार्तिक:खानेपानी मन्त्री प्रदीप यादवले महापर्व छठलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गरेका छन् ।छठ पर्वलाई विशेष महत्त्व दिँदै मन्त्री यादवले सोमबार बिहान नगवा पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण, र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशनपनि दिए ।

मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक, र सुरक्षित बनाउन वीरगन्ज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न निर्देशन दिँदै भने, “छठ हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब हो । यसलाई गरिमामय र सफल बनाउन वीरगञ्ज महानगरपालिका, धार्मिक सङ्घ–संस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ ।” उनले सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताए ।

छठ पर्व नेपालका विभिन्न भागहरूमा, विशेष गरी मधेस प्रदेशमा, महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ । चार दिनसम्म चल्ने यस पर्वमा सूर्य उपासनाका लागि हजारौँ भक्तजनहरूले पोखरी तथा जलाशयमा पूजा–अर्चना गर्ने परम्परा छ । यसका लागि पोखरी क्षेत्रलाई पवित्रता, सुरक्षा, र सौन्दर्यका हिसाबले व्यवस्थित बनाउनु अपरिहार्य हुन्छ ।

नगवा पोखरी निरीक्षणका क्रममा मन्त्री यादवसंगै पुगेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरपालिकाले छठ पर्वका लागि आवश्यक सबै तयारीहरू गरिरहेको बताए ।उनले भने, “महापर्व छठ वीरगन्ज र मधेस प्रदेशको धार्मिक र सांस्कृतिक धरोहर हो । यसले धार्मिक, सांस्कृतिक, र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउँछ ।” मेयर सिंहले नगवा पोखरीसँगै अन्य छठ घाटहरूको सरसफाइ, सुरक्षा, र अन्य व्यवस्थापन कार्यलाई समयमै पूरा गर्न महानगरपालिकाको सक्रियता रहेको स्पष्ट गरे।उनले छठ पर्वलाई भव्य बनाउन महानगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताए ।

सोमबार नगवा पोखरीको निरीक्षण पश्चात् मन्त्री यादव जनता समाजवादी पार्टी (जसपा) वीरगन्ज महानगरपालिका वडा नम्बर २९ एकाइ कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भए । कार्यक्रममा बोल्दै उनले समाजमा चाडपर्वहरूले भाइचारा, सद्भाव, र सामाजिक एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै भने, “चाडपर्व हाम्रो सांस्कृतिक परम्परा र आपसी सद्भावको प्रतीक हुन् । यसले समुदायलाई एकजुट बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउँछ ।”

मन्त्री यादवले समाजका हरेक व्यक्तिको सकारात्मक सहभागिताले विकास र समृद्धिलाई तीव्रता दिन सक्ने बताउँदै छठ जस्ता पर्वहरूले समाजप्रतिको दायित्व र सेवा भावलाई प्रोत्साहन गर्ने धारणा राखे । उनले थपे , “छठ पर्वले हाम्रो समुदायमा एकताको सन्देश दिन्छ, जसले हाम्रो संस्कृति र परम्पराको संरक्षण मात्र होइन, राष्ट्रिय एकता र सद्भावलाई पनि बलियो बनाउँछ ।”कार्यक्रममा जसपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो ।

Related posts

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

MadhesKhabar

गौ हत्याको विरोध गर्दा वीरगन्जबाट पक्राउ परेका हिन्दुवादी युवाहरु रिहा

MadhesKhabar

वीरगन्जकाे गहवामाई मन्दिरमा शनिबार २ हजार १ सय वटा दीप प्रज्वलन गरिने

MadhesKhabar

Leave a Comment