Madhes Khabar
समाज हेडलाइन

छठको उपलक्ष्यमा घडिअर्वा स्पोटर्स क्लबले गरेको कार्यक्रममा ४८ जनाले गरे रक्तदान

वीरगन्ज,१९कार्तिकः छठ पर्बको उपलक्ष्यमा वीरगन्जस्थित घडीअर्वा पोखरी छठघाट परिसरमा सोमबार आयोजित रक्तदान कार्यक्रमममा ४८ जनाले रगतदान गरेका छन् ।

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा पाँच महिला सहित ४८ जनाले रगत दान गरेका हुन् ।

घडीअर्वा छठघाट परिसरमै आयोजित रक्तदान कार्यक्रममा वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानु,क्लबका अध्यक्ष सन्तोष साह, खुशी मरहठा,लखनलाल गुप्ता,नेहा ठाकुर,अमृता मल्लीक,आनन्द साह ,अंगद साह, रोशन साह कानु,प्रमोद यादव, मनोज कलवार,गायत्री कुमारी , जितेन्द्र सिंह, घनश्याम गुप्ता,बलिराम साह लगायतका रगत दान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमानज सिंह धार्मिक चाडपर्वमा रक्तदान जस्तो पूण्य कमाउने काम गरेकोमा क्लबका युवाहरुको प्रशंसा गरे । उनले बैभव वीरगन्ज बनाउनख आँफुले थालेको अभियानमा युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

आयेजक क्लबका अध्यक्ष सन्तोष साहले छठ पर्वको उपलक्ष्यमा क्लबले विगत २२ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको र आगामी वर्षमापनि यसलाई निरन्तरता दिने बताए । धार्मिक अवसरमा सामाज सेवा पनि होस् भनेर आँफुहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।

क्लबका अध्यक्ष साहको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर सिंहको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु,पूर्वअध्यक्षहरु प्रमानन्द साह कानु, रामनगीना साह कानु, प्रेम साह कानु, उपाध्यक्ष राकेश साह , कोषाध्यक्ष कन्हैया गुप्ता , क्लबका उपाध्यक्ष मनोहर साह लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जमा छठको ब्रत गर्ने महिलाहरुलाई नयाँ लुगाकपडा र पूजन सामग्री वितरण

MadhesKhabar

झाडापखाला र हैजाका बिरामीलाई बेड र स्वास्थ्यकर्मी निशुल्क उपलब्ध गराउने निजी अस्पतालहरूको प्रतिबद्धता

MadhesKhabar

सडक पेटीको तरकारी बजार गितामन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण

MadhesKhabar

Leave a Comment