Madhes Khabar
स्थानिय हेडलाइन

गढीमाई मन्दिरमा भक्तजनको सुनको सिक्री चोर्ने पर्साका ३ जना चोर पक्राउ

क्याप्सन :सुनको सिक्रि चोर्ने क्रममा आइतबार पक्राउ परेका चोरहरु । तस्बिर : साजिर मन्सूर

वीरगन्ज,१८कार्तिकःबाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा अवस्थित गढीमाई मन्दिरमा पूजापाठ र दर्शनका लागि जाने श्रद्धालु भक्तजनहरुको गहना,पैसा चोरी गर्ने ३ जना आइतबार पक्राउ परेका छन् ।

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पञ्चवर्षिय गढीमाई मेला गत असोज १७ गतेदेखि विधिवत रुपमा सुरु भइसकेको छ ।पशुबलीका लागि विश्वमै प्रसिद्ध गढीमाई मेला मंसिर तेस्रो सातासम्म जारी रहनेछ ।गढीमाई मन्दिरमा मेला विधिवत रुपमा सुरु भइसकेका कारण त्यहाँ पूजापाठ र दर्शन गर्न अहिलेदेपख नै दिनहुँ हजारौं भक्तजनहरु पुग्न थालेका छन् ।

मन्दिरमा पूजापाठ र दर्शनका लागि भक्तजनहरुको भिड लाग्न थालेपछि त्यसैको मौका छोपेर गढीमाई मन्दिरमा पाकेटमार र गहना चोर्ने चोरहरुको गिरोह अहिलेदेखि नै सकृय हुन थालेका छन् ।यसैक्रममा शनिबार बिहान गढीमाई मन्दिरमा दर्शन गर्न पुगेका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । त्यसपछि मन्दिर परिसरमा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको भिडयो फुटेजमा हेर्दा पहिचान भएका तीन जना चोरलाई नगर प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

शनिबार सुनको सिक्री चार्ने गिरोहका उनिहरुले नै आइतबारपनि मन्दिरमा दर्शन गर्दै गरेका एक जना भक्तजनको पकेटमा हात हालेर पैसा झिक्दै गरेको अवस्थामा उनिहरुलाई नगर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका शम्भु राय र सन्दिप राय तथा पर्साकै पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ५ का पवन यादव रहेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले मधेसखबरलाई जानकारी दिए । नगर प्रहरीले पक्राउ गरेका तीनै जनालाई नेपाल प्रहरीको जिम्मा लगाएको उनले बताए ।

दसैंको घटस्थापनादेखि विधिवत रुपमा सुरु गढीमाई मेलामा शनिबार सम्म तीन जना भक्तजनको सुनको सिक्री चोरी भएको मेयर यादवले बताए । ती मध्ये अहिले सम्म चार जना चोर पक्राउ परिसकेको उनले बताए ।

सुनको सिक्री चोरी हुन थालेपछि मन्दिर परिसरमा नगर प्रहरीले निगरानी बढाएको उनले मधेसखबरलाई बताए । गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका मेयर यादवका अनुसार, मन्दिर परिसरभित्र मात्रै हाल २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।अब केहिदिनमै थप १० वटा सिसिटिभी क्यामरा मन्दिर परिसरभित्रै जडान गरिने उनले बताए ।

 

Related posts

जेनजी आन्दोलनका शहिदहरुको स्मृतिमा वीरगन्ज जेसीजद्वारा आश्रममा फुलको गमला वितरण

MadhesKhabar

अपडेट :होटलको कोठाबाट बुवा–छोराको शव निकालेर प्रहरीले नारायणी अस्पतालमा पठायो

MadhesKhabar

पर्साकाे पाेखरियामा मालपाेत तथा नापी कार्यालय स्थापना गर्ने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment