Madhes Khabar
स्थानिय हेडलाइन

गढीमाई मन्दिरमा भक्तजनको सुनको सिक्री चोर्ने पर्साका ३ जना चोर पक्राउ

क्याप्सन :सुनको सिक्रि चोर्ने क्रममा आइतबार पक्राउ परेका चोरहरु । तस्बिर : साजिर मन्सूर

वीरगन्ज,१८कार्तिकःबाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा अवस्थित गढीमाई मन्दिरमा पूजापाठ र दर्शनका लागि जाने श्रद्धालु भक्तजनहरुको गहना,पैसा चोरी गर्ने ३ जना आइतबार पक्राउ परेका छन् ।

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पञ्चवर्षिय गढीमाई मेला गत असोज १७ गतेदेखि विधिवत रुपमा सुरु भइसकेको छ ।पशुबलीका लागि विश्वमै प्रसिद्ध गढीमाई मेला मंसिर तेस्रो सातासम्म जारी रहनेछ ।गढीमाई मन्दिरमा मेला विधिवत रुपमा सुरु भइसकेका कारण त्यहाँ पूजापाठ र दर्शन गर्न अहिलेदेपख नै दिनहुँ हजारौं भक्तजनहरु पुग्न थालेका छन् ।

मन्दिरमा पूजापाठ र दर्शनका लागि भक्तजनहरुको भिड लाग्न थालेपछि त्यसैको मौका छोपेर गढीमाई मन्दिरमा पाकेटमार र गहना चोर्ने चोरहरुको गिरोह अहिलेदेखि नै सकृय हुन थालेका छन् ।यसैक्रममा शनिबार बिहान गढीमाई मन्दिरमा दर्शन गर्न पुगेका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । त्यसपछि मन्दिर परिसरमा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको भिडयो फुटेजमा हेर्दा पहिचान भएका तीन जना चोरलाई नगर प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

शनिबार सुनको सिक्री चार्ने गिरोहका उनिहरुले नै आइतबारपनि मन्दिरमा दर्शन गर्दै गरेका एक जना भक्तजनको पकेटमा हात हालेर पैसा झिक्दै गरेको अवस्थामा उनिहरुलाई नगर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका शम्भु राय र सन्दिप राय तथा पर्साकै पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ५ का पवन यादव रहेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले मधेसखबरलाई जानकारी दिए । नगर प्रहरीले पक्राउ गरेका तीनै जनालाई नेपाल प्रहरीको जिम्मा लगाएको उनले बताए ।

दसैंको घटस्थापनादेखि विधिवत रुपमा सुरु गढीमाई मेलामा शनिबार सम्म तीन जना भक्तजनको सुनको सिक्री चोरी भएको मेयर यादवले बताए । ती मध्ये अहिले सम्म चार जना चोर पक्राउ परिसकेको उनले बताए ।

सुनको सिक्री चोरी हुन थालेपछि मन्दिर परिसरमा नगर प्रहरीले निगरानी बढाएको उनले मधेसखबरलाई बताए । गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका मेयर यादवका अनुसार, मन्दिर परिसरभित्र मात्रै हाल २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।अब केहिदिनमै थप १० वटा सिसिटिभी क्यामरा मन्दिर परिसरभित्रै जडान गरिने उनले बताए ।

 

Related posts

सार्वजनिक बिदाका दिनमापनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयाे सेवा

MadhesKhabar

पर्सामा फर्जि विवरण पेस गरी जन्मको आधारमा नागरिकता लिएका एक दम्पति पक्राउ

MadhesKhabar

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा हवारीको मृत्यु

MadhesKhabar

Leave a Comment