वीरगन्ज,१२कार्तिकः वीरगन्जमा रहेका मिठाई पसल र मिठाई होटलहरुले चाडपर्वको मौका छोपेर स्वास्थ्यमा हानी गर्ने मिठाईहरु बिक्री वितरण गर्दै आएका छन् । खान नै अयोग्य विभिन्न रसायन (केमिकल) र म्याद सकिएका वस्तुबाट बनाइएका मिठाई उनिहरुले बिक्री गर्दै आएको घटना एकपछि अर्को गर्दै खुलेको छ ।
सोमबारपनि बजार अनुगमन समितिले वीरगन्जका दुई वटा मिठाई पसलमा अनुगमनका गर्र्दा दुवै मिठाई पसलमा झिंगा भन्किएका,म्याद सकिएका केमिकल र हाइड्रो पाउडर हालेर बनाइएका तथा धेरै दिनको बासी रसभरी,पेडा,बर्फी लगायतका मिठाईहरु फेला परेको छ ।
सोमबार वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया नेतृत्वको टोलीले वीरगन्ज–१६ नगवाको जयहिमाल मिष्ष्ठान भण्डार र वीरगन्ज–६ मिनाबजारको गणेश मिष्ठान भण्डारमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जयहिमाल मिष्ष्ठान भण्डारमा धेरै दिनको बासी र रसमा झिंगा डुबेर मरेको भाँडामा राखिएको रसभरी र पेडा फेला परेको, म्याद सकिएको हाइड्रो पाउडर भेटिएको , मिठाई बनाउने भान्छा फोहोर रहेको र पसल बिना दर्ता नै सञ्चालन गरिएको अवस्थामा भेटिएको छ । उपभोक्ताको स्वास्थ्यसंग गम्भीर खेलवाड गर्ने उक्त मिष्ठान भण्डारका सञ्चालक जुमादिन मियाँलाई ५० हजार रुपैयाँ जरिवाना गगरिएको तथा खान अयोग्य मिठाईहरु नष्टपनि गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मन्चका अध्ध्यक्ष अजित भुजेलले मधेसखबरलाई जानकारी दिए ।
यस्तै सोमबार नै वीरगन्ज–६ मिनाबजारको गणेश मिष्ठान भण्डारमा अनुगमन गर्र्दा त्यहाँपनि खान अयोग्य रहेको लड्डु बिक्रीका लागि राखिएको,मिठाई बनाउने भान्छा फोहोर रहेको भेटिएपछि उसका सञ्चालक जितेन्द्र कलवारलाई २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीका प्रमुख चौरसियाले जानकारी दिए ।
सोमबार नै वीरगन्जका दुई वटा फलफुलका थोक पसलमापनि अनुगमन गरिएको उनले जानकारी दिए । वीरगन्ज–६ मिनाबजारको कृष्ण फ्रुट सप्लायर्स र ओम फ्रुट सप्लार्यमा बजार अनुगमन समितिले अनुगमन गरेको हो । अनुगमनका क्रममा दुवै फ्रुट सप्लार्यसमा भण्डारण गरिएका केरा पकाउन खान अयोग्य रसायन र फिटकिरी प्रयोग गरिएको तथा बिना दर्ता पसल सञ्चालन गरेको भेटिएको चौरसियाले जानकारी दिए । दुवै सप्लार्यसका सञ्चालहरु मिरादेवी साह र ओम प्रसादलाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको चौरसियाले बताए ।
चर्डपर्व लक्षित सोमबारको अनुगमनमा वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघ, उपभोक्ता हित संरक्षण मञ्च ,वीरगन्ज उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय पर्सा,जिल्ला प्रशासन कार्यालयकापनि प्रतिनिधीहरु सहभागी थिए ।
यसअघि आइतबापनि अनुगमन गर्दै बजार अनुगमन समितिले अखाद्य लड्डु बनाएर मिठाई पसलहरुमा बिक्री गर्ने वीरगन्जका दुई वटा लड्डु उद्योग शिल गरेको थियो भने त्यस्ता लड्डु बिक्री गर्ने क्षीरसागर मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको थियो ।