वीरगन्ज,१० कार्तिकःवीरगन्जमा शनिबार छुट्टा छुट्टै स्थानमा आयोजित रक्तदान कार्यक्रममा २ सय ४४ पोका रगत संकलन भएको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।
शनिबार वीरगन्जको घण्टाघर चोकमा क्रियाशील युवा पत्रकार मञ्च नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिलासहित ५१ जनाले रक्तदान गरेका छन् । दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सन्जय कुमार चौरसिया, प्रेम राउत कुर्मी,राजेश दास,सन्दीप पण्डित, सोनीकुमारी दास,चन्दन रौनियार,आर्जन प्रसाद दास,वीरेन्द्र कुमार यादव,अनमोल राज रौनियार,सन्देश प्रसाद कुशवाहा,जितेन्द्र कुमार चौरसिया,निरन्जन साह ,सुनिता थापा, राजकुमार चौधरी, शान्ति मिश्रा, राकेश कुमार गुप्ता लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।
क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साहको अध्यक्षतामा भएको उक्त रक्तदान कार्यक्रममा समाजिक अभियन्ता प्रकाश थारु , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई लागायतकोपनि उपस्थिती थियो ।
यस्तै शनिबार नै नेपाल निर्माण व्यवसायी संघ पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित १ सय ६१ जनाले रक्तदान गरेका छन् ।
वीरगन्ज–१३ राधेमाईमा अवस्थित संघको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा अनिल पटेल,राजन तिवारी,राकेश महतो,विशाल पाण्डे,सुधिर पटेल,बलिराम राम ,रामनरेश महतो,राजु मण्डल,कृष्णकुमार पटेल,प्रधुमन मण्डल,प्रदीप मण्डल,सन्तोष साह कानु,निराजन कुमार गुप्ता,अजय पटेल, नन्दु यादव, सन्नी महतो लगायतले रक्तदान गरेका हुन् ।
नेपाल निर्माण ब्यवसायी संघ पर्साका अध्यक्ष सुरेश प्रसाद कुर्मीको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशेष अतिथी वीरगन्ज महानगरका मेयर इमितयाज आलम थिए ।
यस्तै शनिबार नै वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा युनिभर्सल युनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ३२ जनाले रक्तदान गरेका छन् ।
क्लबका अध्यक्ष राजेश राउत कुर्मीको अध्यक्षता तथा हरेराम प्रसाद पटेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा आशी अन्सारी, सुशील कुमार साह,नैमोदिन मिया,अनवत राम,नसरुल मियाँ,सन्जय सिलवाल, लक्ष्मी देवी, पुर्णिमा शर्मा,कमला देवी,असलम अन्सारी, रुदल अन्सारी लगायतकाले रक्तदान गरेका हुन् ।
उक्त रक्तदान कार्यक्रममा वडाध्यक्ष सन्जिव छत्कुली , कांग्रेस नेता शिव ओम लामिछाने ,वीरेन्द्र प्रसाद यादव लगायतकाकोपनि उपस्थिती थियो ।

