Madhes Khabar
कृषि

ठोरीका अरुण अधिकारी मधेस प्रदेशकै उत्कृष्ट तरकारी किसानका रुपमा सम्मानित

वीरगन्ज,६कार्तिकःपर्साको ठोरीका किसान अरुण अधिकारीलाई मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशकै उत्कृष्ट तरकारी किसानका रुपमा सम्मानित गरेको छ ।

४४औ विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सोमबार मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा ठोरीका किसान अधिकारीलाई सम्मानित गरिएको हो । कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले ठोरी गाँउपालिका वडा नम्बर ३ ओडारका अधिकारीलाई नगद २५ हजार रुपैयाँको पुरस्कार प्रदान गर्नुका साथै दोशल्ला ओढाएर सम्मानित गरे ।

उक्त कार्यक्रममा मधेस प्रदेशका आठ वटै जिल्लाबाट एक एक जना किसानलाई सम्मानित गरिएको मन्त्री क्षेत्रीले जानकारी दिए । पर्साबाट तरकारी खेतीमा व्यवसायिक रुपमा लागेका अधिकारीलाई सम्मानित गरिएको उनले बताए ।

Related posts

साउनको पहिलो हप्ता मल आइपुग्छ  : कृषि मन्त्री यादव

MadhesKhabar

वीरगन्जकाे कृषि ओैजार कारखाना सञ्चालनकाे जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

MadhesKhabar

धान खेतीका लागि युरिया मल वीरगन्ज नाकाबाट भित्रिन थाल्याे

MadhesKhabar

Leave a Comment