Madhes Khabar
खेलकुद हेडलाइन

पोखरिया गोल्डकप फुटबलको उपाधि वीरगन्जले जित्यो

वीरगन्ज,४ कार्तिकःपर्साको पोखरियामा आयोजित पोखरिया गोल्डकप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जितेको छ । आइतबार भएको फाइनल खेलमा पर्साको विरुवागुठीलाई ट्राइबेकरमा ५–३ गोलले पराजित गर्दै वीरगन्जले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल गालरहित बराबरीमा सकिएपछि खेलको अन्तिम नतिजा ट्राइबेकरबाट गरिएको हो ।

उपाधिसंगै वीरगन्जले नगद १ लाख ११ हजार १ सय ११ रुपैया नगदसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता बिरुवागुठीले नगद ५१ हजार १ सय ११ रुपैयाँमै चित्त बुझाउनु पर्यो ।प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले उपाधि विजेता र उपविजेता टिमका खेलाडीलाई नगद पुरस्कार,ट्रफी र मेडल प्रदान गरे ।

दसैं,दिपावली र छठ पर्वको उपलक्ष्यमा पोखरिया–४ को वडासमिति कार्यालय र नवदूर्गा पूजा समितिले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गत आइतबार मधेस प्रदेशका भूमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गरेका थिए । प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

वडाध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहान,उपमेयर रुबी ठाकुर, पूर्वमेयर दिपनारायण रौनियार,राष्ट्रिय क्रान्ति मुक्ति मोर्चाका नेता निजामुदिन समानी, कांग्रेस युवा नेता शैलेन्द्र यादव,युवा नेता सुजित गिरी , कांग्रेसका क्षेत्रीय सचिव सुरेन्द्र सिंह लगायतकाको पनि सहभागीता रहेको थियो ।

Related posts

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

MadhesKhabar

निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा कुर्मी निर्वाचित

MadhesKhabar

मधेसका राजमार्ग र बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुदाँ सास्ती खेप्न बाध्य छन् महिलाहरु

MadhesKhabar

Leave a Comment