Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

फाइल तस्बिर ।

काठमाडौं,४कार्तिकःसुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज(आइतबार) तेजाबी सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको हो। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भाउ बढेको बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। सन् २०२७ सम्म ३ हजार प्रतिआउन्स पुग्ने अन्तर्राष्ट्रिय प्रक्षेपण सन् २०२५ मै पूरा हुने शाक्य बताउँछन्। आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने उनको भनाइ छ।

Related posts

भारतबाट इन्धनको नयाँ मूल्यसूची आयो, पेट्रोलमा ८ रुपैया बृद्धि

MadhesKhabar

नेपालले ६ महिनामै बेच्यो अमेरिकालाई १ अर्ब १४ करोड रुपैयाँकाे छुर्पी

MadhesKhabar

भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न सकिने

MadhesKhabar

Leave a Comment