वीरगन्ज,३कार्तिकःराष्ट्रिय कण्डम दिवस शनिबार वीरगन्जमा पनि मनाइएको छ । वीरगन्जको घण्टाघर चोकबाट प्रभात फेरि निकालेर नगरपरिक्रममा गर्दै जनचेतनामुलक सन्देश प्रवाह गर्दै राष्ट्रिय कण्डम दिवस मनाइएको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको अगुवाई तथा वीरगन्ज महानगरपालिका लगायतका विभिन्न संघसंस्थाको सहभागीतामा घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागको परिक्रममा गर्दै वीर्तास्थित त्रिजुद्ध मावि परिसरमा पुगेर समापन भएको थियो ।
त्यसअघि प्रभातफेरिको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरेका थिए । प्रभातफेरिका क्रममा निःशुल्क कण्डमपनि वितरण गरिएको दिव्य विकास श्रोत केन्द्रका कार्यकारी निर्देशक रमाकान्त पटेलले जानकारी दिए ।
प्रभातफेरिमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कायर्यालय प्रमुख वीरशम्शेर कुर्मी,सामाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष इब्राहिम देवान,वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका कर्मचारी,बिजामका नीरज साह, सहयात्री समाज,आस्था नेपाल लगायतका संघसंस्थाका प्रतिनिधीहरुकोपनि सहभागीता थियो ।

