Madhes Khabar
स्वास्थ्य

पर्सामा सन्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी शुरु

मधेसखबर
वीरगन्ज, १२ असोज : पर्सा जिल्लामा गत आर्थिक वर्षमा सन्चालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी बुधबार देखि शुरु भएको छ ।वीरगन्जको क्लासिक ब्याङ्केटमा स्वास्थ्य कार्यालय पर्साले दुइ दिने गोष्ठीको आयोजना गरेको हो ।

बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले गोठीको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले स्वासथ्य क्षेत्रमा सरकारले ठूलो धनराशी खर्च गर्दै आएकाले त्यहि अनुसारको नतिजा आउने गरि काम गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुसंग आग्रह गरे ।शहरी भन्दा ग्रामीण भेगका जनताको पहुचमा प्रभावकारी स्वास्थ्य सेवा अझै पुग्न नसकेको गुनासो आइरहेकाले यस प्रति संवेदनशील बन्नु पर्नेमा उनले जोड दिए ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन कार्यक्रममा नारायणी अस्पतालका निमित्त मेससु डाक्टर वीरेन्द्र प्रधानको पनि उपस्थिती थियो ।

बुधबार देखि शुरु दुइ दिने गोष्ठीमा जिल्लाका १४ वटै पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थाको गत आर्थिक वर्षको गतिविधी , स्वास्थ्य क्षेत्रमा पालिकाले सन्चालन गरेका कार्यक्रम , सरकारबाट आएका बजेट र कार्यक्रम सन्चालनको उपलब्धीका बारेमा समिक्षा भइरहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए ।

गोष्ठीमा स्वास्थ्य कार्यालय पर्साका विभिन्न फाँटका अधिकृत , १४ वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुख ,स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाका प्रतिनिधी लगायतको सहभागीता छ ।

 

 

Related posts

छिमेकी देशमा कोरोना संक्रमणको लहर फेरी उकालो लाग्दा पनि होल्डिङ सेन्टर हस्तान्तरणमा अझ अन्योल

MadhesKhabar

नेशनल मेडिकल कलेजको निःशुल्क शिविरबाट ७१९ जना लाभान्वित

MadhesKhabar

जानकीटाेलमा आयाेजित शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण

MadhesKhabar

Leave a Comment