Madhes Khabar
खेलकुद

न्युजिल्यान्ड महिला टी–२० विश्वकपको सेमिफाइनलमा, भारतको सम्भावना समाप्त

वीरगन्ज,२९असोजःन्युजिल्यान्ड, महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबारराति भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्डले अन्तिम चारमा स्थान पक्कमा गरेको हो ।

जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन मात्र बनाएर अलआउट भयो ।न्युजिल्यान्डका लागि सुजी बेट्सले सर्वाधिक २८ रन बनाइन् । पाकिस्तानका लागि भने कप्तान फतिमा सानाले सबैभन्दा बढी २१ रन जोडिन् ।

यो जितपछि न्युजिल्यान्ड समूह ए को दोस्रो स्थानमा रह्यो । लिग चरणका सबै खेल जितेको अस्ट्रेलिया शीर्ष स्थानमा रहेर यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

न्युजिल्यान्डको जितले भारतको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना भने समाप्त भएको छ । समूह बी बाट सेमिफाइनल पुग्ने टिमको भने निर्णय हुन बाँकी छ ।

Related posts

टी-२० विश्वकपकाे सुपर-८ : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डकाे फराकिलाे जित

MadhesKhabar

आईपीएल क्रिकेटमा आज मुम्बईसंग बैंग्लोर भिड्दै

MadhesKhabar

प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट : आर्मीसंग सशस्त्र पराजित

MadhesKhabar

Leave a Comment