Madhes Khabar
धर्म/संस्कृति

पर्साकाे कटेयामा रामजानकी मन्दिरकाे गाँउपालिका अध्यक्ष यादवले गरे शिलान्यास

वीरगन्ज,१६असाेज:पर्साकाे सखुवा प्रसा‌नी गाँउपालिका वडा नम्बर ३ काैवावन कटेयामा बुधबार रामजानकी मन्दिरको शिलान्यास गरिएको छ।गाँउपालिका अध्यक्ष यशवन्त यादवले हिन्दु रितिरिवाज अनुिार पूजापाठ गरेर मन्दिरको शिलान्यास गरेका हुन्।

गाँउपालिका स्तरीय बजेटबाट १५ लाख रुपैयाँको लागतमा कटैयामा रामजानकी मन्दिरको निर्माण गर्न लागिएको हाे।शिलान्यास कार्यक्रममा गाँउपालिका अध्यक्ष यादवले मन्दिर निर्माण लाग्ने अपुग रकम थप गरिने प्रतबद्धता जनाए ।साथै उक्त मन्दिर बनिसकेपछि त्यसकै छेउमा पार्वती मन्दिरपनि गाँउपालिकाले निर्माण गर्ने घाेषणापनि उनले गरे।

यादवकै प्रमुख आतिथ्यतामा भएकाे मन्दिर शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मुजालिम अन्सारी,पूर्व वडाध्यक्ष अनरुद्र पटेल, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र राउत कुर्मी लगायतकाकाे पनि सहभागीता थियाे।

Related posts

मधेसको दशैं पहाडको भन्दा फरक

MadhesKhabar

गौ हत्याको विरोध गर्दा वीरगन्जबाट पक्राउ परेका हिन्दुवादी युवाहरु रिहा

MadhesKhabar

वीरगन्ज सहित देशभर बकर ईद पर्ब मनाइदै

MadhesKhabar

Leave a Comment