वीरगन्ज,०९असोजःतराई–मधेसको समुदायमा विकराल समस्याका रुपमा रहेको दाइजो प्रथाले समाजमा ल्याएको विकृति र त्यसको रोकथाम बारे सन्देशसहित निर्माण गर्न लागिएको चलचित्रको छायांकन सकिएको छ ।
बैंक तथा वित्तीय संस्थामा विगत डेढदशकदेखि सकय दिनेश निरौलाले निर्देशन गरेको उक्त सन्देशमुलक चलचित्रको धनुषा र महोत्तरीका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
दाइजो प्रथाको रोकथाम र समाज सशक्तिकरणको सन्देश दिन निर्माण गरिएको चलचित्रमा पूजा ठाकुर र निर्देशक निरौलाकै मूखय अभिनय रहेको छ भने अनिता रानी मण्डल,चन्देश्वर सिंहं,बिन्देश्वर सिंह,सरिता ठाकुर लगायतका अन्य कलाकारलेपनि अभियनय गरेका छन् । चलचित्रको गीतमा गायिक रचना रिमालले स्वर दिएकी छन् । सहायक निर्देशकमा सन्जय साह रहेका छन् । उक्त चलचित्र आगामी मंसिरदेखि प्रदर्शनमा आउने निर्देशक निरौलाले जानकारी दिए।
चलचित्रमा दाईजो लिएर विवाह गर्दा त्यसले घरपरिवार र समाजमा निम्तिएका समस्याहरुलाई उठान गरिएको भन्दै निरौलाले दाइजो प्रथाले महिलाहरूले अपमान व्यवहोर्नेदेखि मृत्युवरण गर्नुपर्ने सम्मका दृष्टान्तहरू रहेको बताए । यस प्रथाले समाजमा असमानता, उत्पीडन, हिंसा ,अत्याधिक ऋणका कारण गरिबि जस्ता समस्याहरु अझै पनि देखिने गरेको भन्दै उक्त प्रथालाइ रोकथाम तथा सशक्त सामाजिक सचेतनाको लागि यो चलचित्र निर्माण गरिएको बताए ।