Madhes Khabar
शिक्षा हेडलाइन

बाराका शिक्षा कार्यालय प्रमुख खतिवडालाई जनकारबाही गर्ने आजपाको धम्की

बारा,१ असोजःशिक्षा विकास तथा समन्वय इकाइ बाराका प्रमुख हेमराज खतिवडालाई सरकारले कारबाही नगरे जनकारबाही गर्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले धम्की दिएको छ ।

मधेसका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन हुनुपर्ने माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको आजपाले विद्यालयमा पुगेर संघर्ष समिति गठन गरिरहेको छ ।त्यसैलाई लक्षित गर्दै शिक्षा विकास तथा समन्वय इकाइ बाराका प्रमुख खतिवडाले गत आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विद्यालयमा कुनै प्रकारको राजनीति गतिविधि गर्ने/गराउने प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

शिक्षकहरुलाई खतिवडाको उक्त चेतावनी आएपछि आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै खतिवडाको उक्त चेतावनीसहितको गतिविधी संकीर्ण, पक्षपाती र गैरजिम्मेवार रहेकोले आफनो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

एकल जातीय नश्लीय चिन्तनबाट ग्रसीत भई समग्र मधेसको शिक्षालाई नै धराशायी बनाउने संयन्त्रका रुपमा खतिवडा जस्ता सरकारी कर्मचारीहरु मधेसको विकासको बाधक रहेको भन्दै कुशवाहाले खतिवडालाई सरकारले कारबाहीको दायरामा नल्याएको खण्डमा देश र जनताको हितको रक्षार्थ आजपा जनस्तरबाटै निर्मम कदम चाल्न बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार आँफै हुने चेतावनी दिएका छन् ।

 

Related posts

वीरगन्जमा चिडियाखाना निर्माणको काम शुरु : भाठा देखि ठोरी सम्म केबुलकार पनि बनाउने मन्त्री यादवको घोषणा

MadhesKhabar

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

MadhesKhabar

विपी उद्यानको जग्गा अन्य प्रायोजनमा प्रयोग नगर्न अदालतको आदेश

MadhesKhabar

Leave a Comment