वीरगन्ज,३१भदौंःनेपाल भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको दोस्रो सधारण सभा वीरगन्जमा सम्पन्न भएको छ ।नेपाल भयालुयर्स एशोसिएन वीरगन्ज च्यापटरका कार्यवाहक अध्यक्ष बद्रि प्रसाद झाको अध्यक्षतामा सम्पन्न साधरणासभामा सधारण सभामा बोल्दै एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष ईन्जिनियर ऋषी कोइरालाले धितो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित बनाउन आवश्यक रहेको रहेको बताए । त्यसकालागि धितो मुल्यांकन पेशालाई चुस्त,गुणस्तरीय,व्यवसायिक, मर्यादित, स्वतन्त्र,निष्पक्ष र मुल्यांकनकर्तालाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।
कोइरालाले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि नेपाल भ्यालुयर्स एशोसिएसनका कार्यविधी तथा कार्यक्षेत्रमा कानुनी नियमावलीमा रही कार्य गर्न नियमावली बनाउन आवश्यक रहेको बताए।
धितो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बानाउनका २०६८ सालमा छाता संगठन भएको थियो । यस्तै केन्द्रमा स्थापना भए पछि वीरगन्जमा २०७७ सालमा ईन्जिनियर मुन्ना कुमार सार्फको अध्यक्षतामा वीरगन्ज च्याप्टर स्थापना गरिएको थियो ।सर्राफ हाल एशोसियसन मधेस प्रदेशका अध्यक्ष छन् ।

