Madhes Khabar
स्वास्थ्य

रेडक्रसकाे स्थापना दिवसमा वीरगन्जमा आयाेजित निःशुुल्क शिविरबाट १२० जना लाभान्वित

वीरगन्ज,१९भदाैं:नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा बुधबार वीरगन्जमा नि:शुल्क शिविर आयोजना गरिएको छ।

गीता मन्दिर रोडस्थित ओम श्रीसाई पोलिक्लिनिकमा रेडक्रस साेसाइटी माईस्थान उपशाखाद्वारा आयाेजित शिविरमा १२० जनाकाे मधुमेह र रक्तचाप जाँच गरिएको छ।शिविरमा ओम श्रीसाई पोलिक्लिनिकका स्वास्थ्यकर्मीले जाँच गरेकाे पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्राध्यापक डा. प्रमोद सर्राफले जानकारी दिए।

शिविरमा जाँच गराएकाहरूलाई आवश्यक्ताअनुसार औषधि वितरणपनि गरिएको रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्व तथा रेडक्रस साेसाइटी मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मियाँकाे अध्यक्षतामा भएको शिविरमा ,रेडक्रस साेसाइटी पर्साका सभापति वीरेन्द्र राज कँडेल, उपसभापति मधु राणा, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दयाशन्कर सिंह, दिनानाथ रौनियार, राजेश्वर चौरासीया, उमेश गुप्ता, वीशम्सेर प्रसाद कुर्मी लगायतको पनि उपस्थिति रहेको थियोे।

Related posts

एड्सका बारेमा सचेतना फैलाउनुपर्नेमा पर्साका सरोकारवालाको जोड

MadhesKhabar

मधेस प्रदेशमा अहिले एचआईभी एड्स संक्रमित कति जना छन् ?

MadhesKhabar

स्वास्थ्य बीमा गराएका बिरामीले अब निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं तिर्नुपर्ने

MadhesKhabar

Leave a Comment