Madhes Khabar
राजनीति

मधेसका पूर्व मुख्यमन्त्री राउत बने जसपा नेपालको महासचिव

फाइल तस्बिर ।

काठमाडौं,१० भदौ : जनता समाजवादी पार्टी (जसपा) नेपालको महासचिवमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत मनोनित भएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा राउतले महासचिवको जिम्मेवारी पाएका हुन् ।राउत यसअघि जसपाको उपाध्यक्ष थिए ।

अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर र विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन् ।

यस्तै, महासचिवमा राउतसंगै रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई अध्यक्ष यादवले मनोनीत गरेका छन् ।सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्दीन राई रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनीत भएकी छन् ।

Related posts

हिम्मत भए दरबार हत्याकाण्डमा पूर्वराजालाई जेलमा काेच्न राप्रपा अध्यक्ष लिङ्देनकाे चुनाैती

MadhesKhabar

सिम्रौनगढमा काँग्रेसको विरासत ढल्यो , मेयर उपमेयर दुवैमा लोसपा विजयी

MadhesKhabar

राजतन्त्रको वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन कांग्रेसको माग

MadhesKhabar

Leave a Comment