Madhes Khabar
मधेस प्रदेश

हरितगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम,९भदौं : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको आँपको ६ हजार रुख फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे ध्यानाकर्षण गराउन पुगेका अभियन्ताहरूसंग मुख्यमन्त्री सिंहले वृक्षारोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन सरकार गम्भीर रहेको बताए ।

मुख्यमन्त्री सिंहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट उब्रिने नदीउकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताए । ‘सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दूरीमा रहनुपर्ने कारणले समस्या छ । तर, यसको समाधान पनि खोजिनेछ,’ उनले भने ।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायतका काम गरिरहेको भन्दै बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङ्मार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्यक कार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।

 

Related posts

प्रेम सम्बन्धका कारण युवकको हत्या, प्रेमिकासहित ६ जना पक्राउ

MadhesKhabar

फि तिर्न नसक्दा नेशनल मेडिकल कलेजबाट निकालिएका राम अन्तत डाक्टर बनेरै छाडे

MadhesKhabar

राैतहटमा प्रभु साहकाे लगातार चाैथाे पटक जित

MadhesKhabar

Leave a Comment