Madhes Khabar
खेलकुद

सूर्यकुमार यादव बने भारतको टी-२० कप्तान

काठमाडौं,३साउन: सूर्यकुमार यादव भारतको टी-२० क्रिकेट टीमकाे कप्तान बनेका छन् | भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बिसिसिआई) ले श्रीलंकासंग हुने तीन वटा टी-२० म्याचकाे सिरिजको लागि सूर्यकुमारको कप्तानीमा टोली घोषणा गरेको हो ।

भारतले श्रीलंका भ्रमणमा तीन एकदिवसीय र तीन टी-२० सिरिज खेल्दै छ ।

दुई साता अघि आईसीसी टी-२० विश्वकप २०२४ को उपाधी जितेसँगै कप्तान रोहित शर्माले टी-२० आईबाट सन्यास लिएका थिए ।

रोहितले छोडेपछि हार्दिक पान्ड्या, सूर्य, शुभमन गिल कप्तानको दाबेदार थिए । हार्दिक विश्वकप जित्दाका उपकप्तान थिए । तर गिललाई उपकप्तान बनाइएकाे छ ।

एकदिवसीय सिरजमा भने भारतकाे कप्तानी रोहित शर्माले नै गर्नेछन् | भारत र श्रीलंकाबीच तीन खेलको टी-२० आई सिरिज २७,२८ र ३० जुलाईमा हुनेछ । तीन ओडीआई सिरिज २ , ४ र ७ अगस्टमा कोलम्बोमा हुनेछ ।

भारतकाे टी-२० आई टोली : सूर्यकुमार यादव( कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज।

भारतकाे एकदिवसीय टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल(उपकप्तान) विराट कोहली, श्रेयस ऎर, रियान पराग, ऋषभ पन्त, लोकेश राहुल, हर्षित राना, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदिप यादव, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज ।

Related posts

सरकारकाे उपेक्षामा नारायणी रंगशाला

MadhesKhabar

साफ यू१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात,श्रीलंकामाथि सहज जित

MadhesKhabar

जगरनाथपुर गाँउपालिकामा आयोजित अध्यक्ष कपको उपाधि जागृत युवा क्लबले जित्यो

MadhesKhabar

Leave a Comment