Madhes Khabar
समाज

त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार

वीरगन्ज,२साउन:चितवनकाे सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका-२ जमुनियाका एक‌ै परिवारका तीन जना मध्ये शव भेटिएकी युवती प्रभा चा‌धरीकाे बुधबार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

२४ बर्षिया प्रभाकाे शव दुर्घटनास्थलबाट १०३ किलाेमिटर दुरीकाे स्थान नवलपुरमा मंगलबार भेटिएकाे थियाे ।उनिसंगै बसमा सवार उनका बुबा ५८ बर्षिय हृदयनारायण चाैधरी र आमा ५३ बर्षिया भगवती देवीकाे अवस्था भने अझैसम्म अज्ञात छ।

मंगलबार भेटिएकाे प्रभाकाे शव भरतपुर अस्पतालमा पाेष्टमार्टम गरेपछि बुधबार चितवनकाे देवघाटमा हिन्दु परम्परा अनुसार गरिएको हाे।प्रभाकाे शवमा उनका दाजु ओमप्रकाश चाैधरीले दाग बत्ती दिएका हुन् ।

देवघाटमा गरिएको अन्तिम दाहसंस्कारमा प्रभाका दाजुभाइ,परिवारका अन्य सदस्य,आफन्त,गाँउले, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव,प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, लेखा अधिकृत,कर्मचारी लगायतपनि सहभागी थिए ।

प्रभा,उनका बुबा हृदयनारायण र आमा भगवती देवी तीनै जना आमा भगवती देवीकाे उपचार गराउन गत बिहीबार राति वीरगन्जबाट एन्जल डिलक्स बस चढेर काठमाडौं जाँदै गरेका थिए।

Related posts

मृत्युपछि आँखा दान गर्नका लागि प्रेरित गर्ने उदेश्यका साथ वीरगन्जमा `जनजागृत अभियान´ सञ्चालन

MadhesKhabar

वीरगन्जमा इनोभेटिभ सोसाइटीले आयोजना गरेको कार्यक्रममा ५९ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जमा राउण्ड टेबल नेपालको कार्यक्रममा २३ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment