Madhes Khabar
खेलकुद

कोपा अमेरिका फुटबल : उरुग्वेसंग ब्राजिल पराजित

काठमाडौं,२३असारःब्राजिललाई टाइब्रेकरमा स्तब्ध पार्दै उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको क्वाटरफाइनल खेलमा उरुग्वेले ब्राजिललाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको होे । यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेलको नतिजाको निर्णय टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकरमा उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलरक्षक एलिसनले बचाए ।

ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र टाइब्रेकरमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । कोलम्बिया पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

Related posts

आईपीएल क्रिकेटमा आज गुजरात र बेंग्लाेर तथा चेन्नई र हैदराबाद खेल्दै

MadhesKhabar

नेशनल ईन्फोटेक कप: वीरगन्ज सेन्ट्रलमाथि सेन्टजेभियर्सकाे सहज जीत

MadhesKhabar

भारतसंग अस्ट्रेलियाकाे लज्जास्पद हार

MadhesKhabar

Leave a Comment