Madhes Khabar
खेलकुद

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपकाे फाइनलमा

वीरगन्ज,१४असार:इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेकाे छ।दाेस्राे तथा अन्तिम सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले फाइनलमा स्थान पक्का गरेकाे हाे।

वेस्ट इन्डिजको गयानामा भएको खेलमा १ सय ७२ रनको लक्ष्य पछ्याँदै जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले १६.४ ओभरमा अलआउट हुदैं १ सय ३ रनमात्र बनाउन सक्याे।उसका लागि ब्रुकले २५ र जाेस बट्लरले २३ रन बनाए।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३/३ विकेट तथा जसप्रित बुमराहले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएकाे थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए ।

हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान १/१ विकेट लिए ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।

Related posts

सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

MadhesKhabar

भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य, टेस्ट क्रिकेटमा कोहलीको ३० औं शतक

MadhesKhabar

पाकिस्तान समुह चरणबाटै बाहिरियाे, अमेरिका सुपर-८ मा प्रवेश

MadhesKhabar

Leave a Comment